अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाँकेको ज्ञानोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सर्बिन महतो विजयी

बाँकेको ज्ञानोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सर्बिन महतो विजयी


बाँके-बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी हुनुभएको छ।

यसैगरी सचिवमा सविनकुमार खत्री, कोषाध्यक्षमा ममता कार्की र सदस्यमा कसिस लामा, निरुता रावत, आस्थाकुमारी थारु विजयी हुनुभएको छ।

अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार महतोले ११२ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ।

अनेरास्ववियु क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार मो आसिफ साइले ६४ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार २०१ मतदाता रहेकोमा १७७ मत खसेको थियो।