अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा नर्सिङ क्याम्पसमा एमाले अखिलको प्यानल निर्वाचित, अध्यक्षमा भण्डारी

पोखरा नर्सिङ क्याम्पसमा एमाले अखिलको प्यानल निर्वाचित, अध्यक्षमा भण्डारी


पोखरा-त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ।

मंगलबार भएको मतदानबाट अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित निर्वाचित हुनुभएको छ।

सभापति निर्वाचित भण्डारीले २४२ मत पाउँदा नेविसंघकी रचना पौडेलले १०२ मत पाउनु भएको छ। यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।