काठमाडौं-नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी हुनुभएको छ। रोकाहाले एक हजार ५३ मतसहित सभापतिमा विजयी हुनुभएको हो।
अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाउनु भयो । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाउनुभयो ।

सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल विजयी हुनुभएको छ । उहाँले ९९४ मत पाएर विजयी हुँदा अनेरास्ववियुका मिलन ओझाको पक्षमा ९२९ मत पर्यो ।
सन्देश कुमार थिङले ११० र दिपक खड्काले १०७ मत पाउनुभयो।
कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी हुनुभएको छ। नेविसंघका सुशील खड्का १०७७ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सौगात पुरीले ९३९ मत पाउनुभयो।
अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० र राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाउनु भएको छ।
सदस्यहरुमा मौसम आचार्य (अनेरास्ववियु) दिपक कुमार यादव (अनेरास्ववियु) कृतिका बडाल (अनेरास्ववियु) रनवीर मिश्र (नेविसंघ) रिदम थापा (अनेरास्ववियु) अनुप कडेल (अनेरास्ववियु) लुकेश बुढा (अनेरास्ववियु) रेजिना कडरिया (अनेरास्ववियु) विजयी भएका छन् ।

प्रतिक्रिया