अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी


काठमाडौं-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी हुनुभएको छ।

नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा५०७ मत ल्याएर पराजित हुनुभएको हो। उहाँ यस अघिका सभापति समेत हुन्।

सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत ल्याएर विजय हुनुभएको छ। उहाँका अखिल क्रान्तिकारीका दीपेश कार्कीले ५४४ मत प्राप्त गर्नुभयो।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल ७०४ मत ल्याएर विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याउनुभयो।

सदस्य तर्फ पनि गठबन्धनकै मनोज घलान, उमेश चौधरी,दिवस चापागाईँ, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी हुनुभएको छ।