अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]


काठमाडौँ-गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको छ।

गृह मन्त्रालयको सूची अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो।

मन्त्रालयले गरेको फेरबदल सूची अनुसार गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ । यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ  हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ । 

गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रजिअमा पदस्थापन,  भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा पदस्थापन गरिएको छ । नवलपरासीका अरुण पोखरेललाई गृह मन्त्रालय, गृह मन्त्रालयका कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा पदस्थापन गरिएको छ। 

त्यसैगरी बागलुङका प्रजिअ नेत्र प्रसाद सुवेदीलाई गृह मन्त्रालय, गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेँललाई जिल्ला प्रशासन कार्यालय उदयपुर, गृह मन्त्रालयका आनन्द सारूलाई अछाम, अछामका शिव प्रसाद लम्साल र पर्वतका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा तानिएको छ । 

फेरबदल गर्दा सहसचिवको दरबन्दीमा उपसचिव कार्यरत जिल्ला प्रशासन कार्यालयहरू प्राथमिकता पर्ने बताइए पनि राजनीतिक शक्ति संघर्षका कारण प्रशासनिक तवरले कार्यान्वयन गर्न कठिनाई भई रहेको गृह प्रशासन स्रोत बताउँछ । पछिल्लो समय सहसचिवहरूलाई बरन्डामा राखेर उपसचिवहरूलाई खटाइएको भन्दै आलोचना हुँदै आएको छ ।