अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु: प्रधानमन्त्री ओली

प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु: प्रधानमन्त्री ओली


 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराउनु भएको छ।

आज प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हाे।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको उनले बताउनु भयो।