अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति प्रक्रियाको काम टुंग्याउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

शान्ति प्रक्रियाको काम टुंग्याउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

आज प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हाे।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा अहिले पनि म प्रयासरत छु। यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु। मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गर्नुभयो।