अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वाग्मती प्रदेशले उपत्यका बाहिर जागरण सभा गर्ने

एमाले वाग्मती प्रदेशले उपत्यका बाहिर जागरण सभा गर्ने

चैत १८ काठमाडौंमा मोटरसाइकल र्‍याली गर्दै


काठमाडौं-नेकपा एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले चैत ११ गते प्रदेशका सबै पालिकाका वडाहरूमा जना सभा गर्ने निर्णय गरेको छ।

यसै गरी चैत १८ गते उपत्यका बाहेकका १० वटा जिल्लामा जागरण सभा गर्ने बैठकले निर्णय गरेको छ। उपत्यकामा भने चैत १८ गते मोटरसाइकल र्‍याली गर्ने निर्णय भएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो।

राजतन्त्रका पक्षधरहरुले लाेकतन्त्र विरुद्ध भ्रम फिँजाएकाे भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेकाे हाे।