काठमाडौँ-गृह मन्त्रालयले शुक्रबार ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखक लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत र मन्त्रालय बाहिर कार्यरत ६ उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिनुभएको हो।
मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यस्तै, मन्त्रालयमै कार्यरत हरिबहादुर भुजेललाई अध्यागमन कार्यालय पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई मन्त्रालय तानिएको छ। मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ।
यस्तै, बिहीबार मात्रै गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै २ जना उपसचिवको पनि सरुवा गरेको थियो । जसमा मन्त्रालयमा कार्यरत कैलाशबहादुर ठकुराठीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो भने त्यहाँ कार्यरत ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेको थियो ।

प्रतिक्रिया