अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वैकल्पिक सडकहरुको विकास प्राथमिकतामा राख्ने भौतिक मन्त्री दाहालको प्रतिवद्धता

वैकल्पिक सडकहरुको विकास प्राथमिकतामा राख्ने भौतिक मन्त्री दाहालको प्रतिवद्धता


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरु अवरुद्ध हुन नदिन वैकल्पिक सडकहरुको विकास र विस्तार गरिने बताउनु भएको छ।

शनिवार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरुको निरीक्षणका लागि पुग्नु भएका उहाँले वैकल्पिक सडकहरुको विकास र विस्तार गरि ग्रामिण क्षेत्रमा समेत सडकको पहुँच स्थापित गरिने बताउनु भएको हो। महाङ्काल गाउँपालिका कार्यालयमा आयोजीत अन्तरक्रियामा उहाँले वैकल्पिक सडकहरुको विकास र विस्तारले ग्रामिण क्षेत्रमा सडक सञ्जाल स्थापित हुनका साथै राष्ट्रिय राजमार्गहरुको विकल्प समेत तयार हुने बताउनु भएको हो।


जनप्रतिनिधी एवम् स्थानीयबासीहरुले राखेको लेले–चन्दनपुर–फापरवारी सडक निर्माण र विस्तारको मागलाई संवोधन गर्दै उहाँले पूर्वी नेपाल र संघीय राजधानीलाई जोड्न यो सडक नयाँ विकल्प हुन सक्ने भएकाले आवश्यक अध्ययन गरिने बताउनुभयो । सो क्रममा उहाँले उक्त सडकको सम्भाव्यता अध्ययन गर्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेलाई निर्देशन समेत दिनुभयो

भेटमा पूर्व सांसद नवराज सिलवालले सो सडक खण्डलाई चतारा-धरान सडकमा जोड्न सके पूर्वी नेपाल जोड्ने वैकल्पिक रुट तयार हुने बताउनुभयो । उहाँले ललितपुरको दक्षिणी क्षेत्र संघीय राजधानी भित्र भएर पनि दुर्गम रहेको भन्दै उक्त सडक विस्तारले स्थानीको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो।


यस्तै एमाले केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य लगायतले लेले–चन्दनपुर–फापरवारी सडकलाई वीपी राजमार्ग तथा पूर्वी तराईसँग जोड्न जरुरी रहेकोमा जोड दिनुभयो ।
यसैगरि महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, कोन्ज्योस्याङ् गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले दक्षिणी ललितपुरलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न माग गर्नुभयो । सो क्षेत्रमा प्रदेश सरकार मार्फत सडक निर्माणको काम भई रहे पनि पर्याप्त नहुने भएकाले संघीय सरकारलेनै प्राथमिकतामा राख्नु पर्ने माग गर्नु भयो । मन्त्री दाहालले सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख गोपाल खकुरेल, विभागका ईन्जिनियर प्रमोद खतिवडा एवम् प्राविधिकहरुको टोली सहित ग्रामिण सडकहरुको निरीक्षण गर्नु भएको हो ।