अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वीरगन्ज नर्सिङ क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु

वीरगन्ज नर्सिङ क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु


काठमाडौं-वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की आर्जु राय विजयी हुनुभएको छ।

सभापति पदमा रायले १०३ मत प्राप्त गरेकी हुन् भने सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ)की मन्दिरा चिमोरिया १०४ मतसहित निर्वाचित हुनुभएको हो।

त्यस्तै, कोषाध्यक्ष पदमा अनेरास्ववियुकी आसिका पौड्याल विजयी हुनुभएको छ। उहाँले ११५ मत प्राप्त गर्नुभयो।

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४१औं क्याम्पसको रुपमा वीरगञ्ज नर्सिङ क्याम्पसको नतिजा आएको छ । चैत ५ गते नै निर्वाचन भए पनि मतगणना हुँदा नेविसंघले तोडफोड गरेपछि स्थगित भएको थियो ।