अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्नुहुने

प्रेस चौतारीको महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्नुहुने


विराटनगर-प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ। महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ।

महाधिवेशनका लागि सङ्गठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइपुगिसकेका छन्। महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिनुभयो अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई आज र भोलिका लागि खाना र आवासको व्यवस्था गरिएको छ। महाधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन गर्ने महासचिव लामाले जानकारी दिनुभयो । चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ।