अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको अमृत साइन्स क्याम्पसमास्ववियु चुनाव जारी

काठमाडौंको अमृत साइन्स क्याम्पसमास्ववियु चुनाव जारी


काठमाडौं-काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतदान भइरहेको छ। आइतबार बिहान ८ बजेदेखि सुरू भएको मतदान साढे १० बजेसम्म तीन सय मत खसेको छ।

अस्कलमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ। परिणाम आजै साँझ आउने विद्यार्थी नेताहरूले जानकारी दिएका छन् । अस्कलमा तीन प्रमुख पार्टीसम्बद्ध विद्यार्थी संगठनहरू एक्लाएक्लै चुनाव लडेका छन्।

नेपाली कांग्रेससम्बद्ध नेविसंघबाट राजुल लामिछाने, नेकपा (एमाले)निकट अनेरास्ववियुबाट रूद्रहरि पोखरेल र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाट विश्राम शर्मा पौडेल अध्यक्षका उम्मेदवार छन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट निरन थापा मगर, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट सविता खर्बुजा, जनमोर्चा निकट अखिल छैठौंबाट सुमन तामाङ अध्यक्षका उम्मेदवार छन् । अस्कलमा १,९६८ मतदाता छन् । अघिल्लो चुनावमा अखिल क्रान्तिकारीका प्रेम जैशी अध्यक्ष जितेको थियो।

अस्कलमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको हो। परिणाम आजै साँझ आउने विद्यार्थी नेताहरूले बताएका छन्।