अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजतन्त्र फर्किने कुनै सम्भावना छैन: सभापति देउवा

राजतन्त्र फर्किने कुनै सम्भावना छैन: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताउनु भएको छ। सभापति देउवा मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनुभयो।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो।

सभापति देउवाले भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। राप्रपाले पार्टी सभापति बनाए हुन्छ। पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि ! तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्।’

सभापति देउवाले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।