विराटनगर-नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपालको ७० वर्ष लामो पत्रकारिताको इतिहासमा एउटा मानक स्थापित भएको बताउनु भएको छ।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमका बोल्दै अध्यक्ष शर्माले महासंघको ७० वर्ष लामो इतिहासमा आफूलाई महिला पत्रकार निर्वाचित गराएर एउटा मानका स्थापित गरेको बताउनुभयो। ‘नेपाली पत्रकारिताको इतिहासमा एउटा नयाँ मानक स्थापित भएको छ’, अध्यक्ष शर्माले भन्नुभयो।

नेपालको पत्रकारिता वैचारिक पत्रकार जन्माउन आवश्यक रहको उहाँले बताउनुभयो। ‘एउटा भिडतन्त्रले लोकतन्त्रलाई नै खतरामा पार्ने प्रयास गरिरहेको छ, त्यसलाई हामीले चिर्नुपर्छ’, अध्यक्ष शर्मालेले भन्नुभयो।
कतिपयले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै अराजक काम गर्दै आएका उहाँले बताउनुभयो। स्वतन्त्रताको अधिकार उपयोग गर्दा त्यसले समाजमा पार्ने प्रभावका बारेमा पनि सोच्नु पर्छ। ‘केही भिडतन्त्रले लोकतन्त्र माथि धावा बोल्ने काम भएको छ, यसको विरुद्ध नागरिक आन्दोलनको आवश्यकता महसुस भएको छ’, अध्यक्ष शर्माले भन्नुभयो।

अहिले मिस इन्फरमेसन र डिस इन्फरमेसन दिने काम भइरहेको बताउँदै त्यसलाई चिर्नु पर्ने उहाँले बताउनुभयो। त्यसका विरुद्ध पनि समयमा नै सही सूचना प्रवाह गरेर चिर्नु पर्ने अध्यक्ष शर्माको धारणा छ। सत्य, तथ्य समाचार सञ्चारमाध्यमले ल्याएनन् भने सामाजिक सञ्जालमा आएको गलत सूचनाले नागरिकलाई भ्रमित पार्ने उहाँले बताउनुभयो।
प्रतिक्रिया