विराटनगर-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जिम्मेवारी लिने तर काम नगर्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनु भएको छ।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले पद मैले पाउनु पर्छ, काम अरूले गर्नुपर्छ भन्ने मनोविज्ञानबाट बाहिर आएर जिम्मेवारी अनुसारको काम गर्नुपर्ने बताउनुभयो।

पार्टी वा संगठन भित्र कोही आयो भने म पछि पर्ने हुँ कि भन्ने भ्रम केही नेताहरूमा देखिएको भन्दै नेता ढकालले सबैलाई समेट्दा मात्र संगठन बलियो हुने बताउनुभयो। ‘आफूलाई नहुँदा एमालेलाई देखाइदिन्छु भन्ने व्यक्ति एमाले हुन सक्दैन’, उहाँले भन्नुभयो।
एमालेका नीति र नेतृत्वको विरुद्ध आक्रमण भइरहेको बेला एमाले र त्यसका जनसंगठन भित्र कुनै विवाद हुनु नहुने नेता ढकालले बताउनुभयो। त्यसो भयो भने मात्र मिसन २०८४ सफल हुने उहाँको धारणा छ।
प्रतिक्रिया