विराटनगर-प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले नडराई काम गर्ने व्यक्ति मात्र लक्ष्यमा पुग्ने बताउनु भएको छ।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालको काम गर्दा डर होइन सबैको भर लाग्ने काम गर्नुपर्ने बताउनुभयो। प्रेस चौतारीको नेतृत्वमा बसेर काम गर्दा आफूले कुनै पनि विश्वविद्यालयमा प्राप्त गरेको डिग्री भन्दा पनि बढी अनुभव प्राप्त गरेको अध्यक्ष बस्नेतले सुनाउनुभयो।
अध्यक्ष बस्नेतले मिस इन्फरमेसन र डिस इन्फरमेशनले आफैँलाई समाप्त पार्ने बताउनुभयो। अझ पत्रकार त त्यसमा फस्नै नहुने अध्यक्ष बस्नेतले स्पष्ट पार्नुभयो। उहाँले कामका आधारमा, इमानदारिताका आधारमा प्रेस चौतारी नेपालले जिम्मेवारी दिने र सर्वसम्मत नेतृत्व चयन गर्ने स्पष्ट पार्नुभयो।
आफू प्रेस चौतारी नेपालको नेतृत्वबाट औपचारिक रूपमा बिदा हुन लागेको बताउँदै बस्नेतले बिदा हुँदै गर्दा पनि संगठन भित्र कुनै पनि अनुशासनहीन काम गर्न नदिने स्पष्ट पार्नुभयो । संगठन विरुद्ध गतिविधि गर्ने पदाधिकारी, सदस्य वा प्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर महाधिवेशन सम्पन्न गर्ने उहाँले चेतावनी दिनुभयो।
प्रतिक्रिया