अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्ववियु निर्वाचन

पृथ्वीनारायण क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुको अग्रता, कसको कति मत ?

पृथ्वीनारायण क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुको अग्रता, कसको कति मत ?


पोखरा-पोखराको पृथ्वीनारायण क्याम्पस(पीएन)मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा १०० मत गनिसक्दा नेकपा एमालेनिकट अनेरास्ववियुका विष्णु पोखरेलले  ४३ मतसहित अग्रता लिनुभएको हो।

त्यस्तै पोखरेललाई पछ्याउँदै नेविसंघका सुशील न्यौपानेले १८ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ। त्यसैगरी स्वतन्त्र विप्लवी न्यौपानेले १३ मत ल्याउनु भएको छ।

सचिवमा पनि अनेरास्ववियुकै विराज दुवाडी ५० मत ल्याएर अघि लागेका छन्। उहाँलाई नेविसंघका विवेक भट्टराईले १९ मतका साथ पछ्याइरहेका छन्। अनेरास्ववियू क्रान्तिकारीका मिराज थापा मगरले ११ मत ल्याएका छन्।  

कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्दिका गुरुङले ५३ मतका साथ अग्रता लिइरहनु भएको छ । उनलाई नेविसंघकी अमिषा यादवले २१ मत ल्याएर पछ्याइहेकी छन्।