काठमाडौं-काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ। २०८१ चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि क्याम्पसको गेटमा तालबन्दीका कारण स्थगित भएको थियो।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख गरिएको छ। चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने भनि उल्लेखित गरेको छ।







प्रतिक्रिया