अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै दोब्बर बढी मतान्तरले विजयी

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै दोब्बर बढी मतान्तरले विजयी


पोखरा-देशकै ठूलो पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा दोब्बर बढी मतान्तरले अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी हुनुभएको छ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित हुनभएको छ। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाउनु भएको छ। स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाउनुभयो।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी हुनुभएको छ।

अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमा समेत उम्मेदवारी परेको थियो। तर, सबै आंकलनलाई परास्त गर्दै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेर विरासतलाई कायमै राखेको हो।