काठमाडौं-तपाईंहरू हालसालै वीरगन्ज आउनु भएको छ कि छैन ? आउनु भएको छैन भने तपाईंको दिमागमा पुरानो वीरगन्ज नै बसेको होला। पुरानो वीरगन्ज अर्थात् फोहोर र दुर्गन्धित वीरगन्ज। तर यसबेला वीरगन्ज त्यस्तो छैन। वीरगन्जको पहिचान मात्र होइन स्वरूप पनि बदलिएको छ। फोहोर हैन अहिले वीरगन्ज सफा छ। अहिले वीरगन्जका सडकमा फोहोर भेटिदैन। वीरगन्जबासीको आदत बदलिएको छ। उनीहरूले फोहोरलाई होइन, सफालाई माया गर्न थालेका छन्।
वीरगन्ज महानगरपालिकाले तीन वर्ष अघि देखि सफा वीरगन्ज कार्यक्रम चालु गरेको हो। सफा वीरगन्ज कार्यक्रमले यस महानगरपालिकाको रुप रंग नै फेरिदिएको छ। सानो प्रयासले पनि मानिसको आनीबानी र व्यवहार बदलिदिंदो रहेछ । वीरगन्जलाई फोहोर सहरको रूपमा चिन्ने-चिनाउने कुरा अब इतिहास भएको छ। वीरगन्ज महानगरपालिकाको सफा वीरगञ्ज बनाउने प्रयासलाई निजी क्षेत्रले पनि साथ दियो। यसको अगुवाई उद्योग वाणिज्य संघ वीरगञ्जले गरेको छ। निजी क्षेत्रले सहयोग गरेपछि सकारात्मक नतिजा पनि सकारात्मक आयो। यसमा हामीले सबै उद्यमी, व्यापारीलाई यस कार्यमा अगुवाइ गर्न अनुरोध ग¥र्यौं । संघका सम्पूर्ण सदस्यले महानगरको सफा अभियानमा साथ दियौं। आखिर अभियान सुरू भएको तीन वर्ष नपुग्दै वीरगज सफा भयो । वरीपरीको सफाइले वीरगञ्जवासी स्वास्थ्य भए।

सफा वीरगन्ज सम्बन्धी कार्यक्रमको प्राविधिक पक्ष त महानगरपालिकालाई नै थाहा होला। नागरिक समाजले सरकारको प्रयासलाई साथ दिंदा अभियान सहजै सफल हुँदो रहेछ। यसमा उद्योग वाणिज्य संघ लगायत महानगरमा भएका व्यापारिक र सामाजिक संघ, संस्था पनि सकारात्मक भए। वीरगञ्जको प्रयास देशका अन्य स्थानीय तहले पनि अनुशरण गर्न सक्दछन्। यदि त्यसो भयो भने देशै सफा हुन्छ। नागरिक जिम्मेवार हुन्छन्। विभिन्न सहरबाट निस्किएको फोहोरलाई मोहोरको रुपमा बदल्न सकिन्छ।
सहर सफा हुनलाई मुख्य चोक बजार मात्र होइन भित्री गल्ली पनि सफा राख्नु पर्दछ। त्यसैले सफा सहर अभियान भित्री गल्लीहरुमा पनि विस्तार हुनु राम्रो हुन्छ। अहिले भइरहेको के छ भने कुनै महानगरबासीले फोहोर सडकमा देखे भने फोटो वा भिडियो खिचेर महानगरको सफाइ एपमा अपलोड गरिदिन्छन्। त्यो फोहोरको तस्विर वा भिडियो महानगरको सरसफाइ शाखाले हेर्न वित्तिकै फोहोर उठाउन महानगरको गाडी आइहाल्छ। तर फोहोर फाल्नेलाई जरिवाना पनि गराउछ।
कुनैपनि राम्रो कामको पनि अनुकरण सानो ठाउँबाट पनि हुनसक्छ। यो कार्यक्रमलाई संघीय मन्त्रालयले नै अपनत्व लिएर देशैभरी लागु गर्दा धेरै राम्रो हुन्छ । मेरो विचारमा संघीय मन्त्रालयले यो कामको स्वामित्व लियो भने देशैभरीका सहर सफा हुन्छन्। वीरगञ्जमा त एशिया फाउण्डेसनको सहयोगमा यो काम भइरहेको सुनेको छु। तर सधैं र सबै काम दाता संस्थाले मात्र गरिदिदैनन् । त्यसैले राम्रा कामको स्वामित्व आफैं स्थानीय सरकारहरुले लिनु पर्दछ। यस्ता सकारात्मक कामका लागि नागरिक समाजको साथ पनि लिनु पर्दछ।
नयाँ मेयर साहेब आउनुभएको लगभग तीन वर्ष भयो। सरसफाईका विषयमा धेरै कुरा भइसक्यो र अरू कुराहरू पनि गर्न बाँकी छ। सरसफाईहरू मेनरोड गल्ली-गल्लीहरूमा पनि गर्नुपर्छ । सरसफाई साथसाथै ट्राफिक नियमहरू साथै आम जनतालाई जनचेतनाका कुराहरू समेत हुनुपर्दछ। यहाँ ध्वनि संकेतहरू, बिहेहरूमा रातिसम्म बाजाहरू बजाइदिने ठूलोठूलो आवाजमा डिजेहरू बजाइदिने अनि सहरहरूमा १० बजे पछि ठूलोठूलो भिड हुने, होहल्ला हुने ती सबै कुराहरूलाई स्थानीय सरकारले नियन्त्रण गर्नुपर्दछ। आम नागरिकले पानखाने, गुड्का खाने अनि जतासुकै थुकिदिने त्यो सबै कन्ट्रोल हुनुपर्छ। यहीँका नागरिकहरू विदेश जाँदा अनुशासित हुन्छ भने त्यही कानुनको हामी यहाँ पालना किन गर्न सक्दैन ? ती कुराहरू हामीले गर्यौ भने एउटा सभ्य नागरिक हुन्छौं नि। सरसफाई त सबैलाई राम्रो लाग्छ। यहाँ मेयर साहेबले सानो पेनाल्टी लगाइदिनु भयो झण्डै ६०-७० लाख त पेनाल्टीबाटै उठेको छ। जसले नियमको पालना गरेको छैन उसलाई केही कारबाही गर्ने यस्ता अन्य कुराहरू धेरै बाँकी छन्।
पहिला सफा थियो अहिले अझै त्योभन्दा बढी सफा भएको छ। यो तीन चार वर्ष यता स्थानीय सरकार आइसकेपछि पेनाल्टी सिस्टम लगाइदिएर कसैको घरको अगाडि फोहोर फालेको पाएमा त्यसलाई दण्ड गर्ने त्यसो गर्यो भने मान्छेमा जनचेतना आउँछ। स्वतः सरसफाई आफै बढेर जान्छ। वरिपरि फोहोर कसैले गर्यो भने एप मार्फत पनि जानकारी दिन सकिँदो रहेछ हैन त । तुरुन्त दिन सकिन्छ। त्यहाँ जानकारी पाउने बित्तिकै कारबाही भइहाल्छ। नगरपालिकाले एप्स बनाएको छ। जहाँसुकै फोहोर फालेमा त्यसको भिडियो बनाएर तुरुन्तै पठाइदिहाल्ने त्यहाँ नगर प्रहरीहरू आएर तुरुन्तै कारबाही गरिहाल्छन् । फोहोर फाल्नका लागि डम्पिङ साइट पनि बनाइएको छ र रिसाइक्लिङ पनि हुन्छन् केही। त्यहाँ थुपारेर राख्ने नगरपालिकाको ट्रयाक्टर बेल बजाउँदै आउँछ त्यसपछि ट्याक्टरमा हाल्दिने लिएर जान्छ। त्यो ट्याक्टर दैनिक आउँछ। दैनिकमा पनि बिहान, दिउँसो, बेलुका गरी तीनपटक आउँछ। सधैं आउँछ टाइममै आउँछ र त्यो फोहोर चाहिँ त्यहाँ राखिदिनुपर्ने हुन्छ लिएर जान्छ।

भित्री गल्लीहरूमा पनि छ तर मुख्य बजारजस्तो अलि छैन त्यसमा पनि गर्न चाहिँ बाँकी छ। सबै नगरपालिकाको मात्रै दायित्व हुँदैन। प्रत्येक नागरिकले आफ्नो दायित्व पनि बुझ्नुपर्ने हुन्छ । हामी त एउटा व्यापारिक संस्था भइहाल्यौं। नागरिकहरूको पनि एउटा संस्था छ तर यस्ता संस्थाहरु भएर मात्र भएन। आज हामी त्यही रक्सौलमा गएर हेरौं ट्राफिक नियमको पालना समेत गर्दैनन्। हेल्मेट नलगाइरहेको हुन्छ। यहाँ बाइक चलाउँदा हेल्मेट नलाउने बित्तिकै कारबाही हुन्छ। डर छ नि त मान्छेलाई त्यो डर हुन जरुरी छ । मान्छेलाई यसका लागि सङ्घीय सरकारले मधेस प्रदेशमा कुनै पनि फन्डिङ नगरेको अवस्था छ। छ वटा महानगरपालिकामध्ये एउटा वीरगञ्ज ठूलो महानगरपालिका हो । ठूलो व्यापारिक सहर हो अनि राज्यले पनि यसमा सहयोग गर्नुपर्यो नि हाम्रो उद्योग वाणिज्य संघले सबै ठाउँमा मिलेर सिसी क्यामेरा जडान गर्दै गरेको छ। यसमा पनि राज्यले साथ दिनुपर्यो।
नगरपालिकाले विभिन्न प्रकारका ट्याक्सहरु उठाएको छ। सङ्घीय सरकारबाट पनि पैसा आउँछ। उद्योग वाणिज्य संघमा त्यस्तो कुनै पनि फण्ड हुँदैन। आफ्नै पैसाहरु जम्मा गरेर कार्य गर्ने हो र सहकार्य मात्र गर्न सकिन्छ। पब्लिकलाई जनचेतना जगाउने काम गर्छ तर हामी आधिकारिक निकाय भने होइन। हामीले सामान्य सहजीकरण गर्ने मात्रै हो।
यो बीरगञ्जमा जति पनि भएको छ सबै उद्योग वाणिज्य सङ्घ निजी क्षेत्रले नै गरेको छ। हस्पिटल, घण्टाघर लगायत सबै हामीले नै बनाएको हुन्। यसमा सरकारको केही पनि देन छैन।
स्थानीय सरकारले बनाएका नीति नियमहरू सही ढङ्गबाट कार्यान्वयन हुनुपर्छ। सरकार जिम्मेवार हुनुपर्दछ। नागरिक जिम्मेवार हुनुपर्दछ । स्थानीय ठाउँहरु जस्तो बनाउन चाह्यो त्यस्तै हुन्छन्।
(लेखक उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हुनुहुन्छ।)
प्रतिक्रिया