अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारमा सत्तापक्षीय बैठक बस्दै

बालुवाटारमा सत्तापक्षीय बैठक बस्दै


काठमाडौँ-सत्तापक्षीय दलका शीर्ष नेताहरुको बैठक आज बुधबार पनि बस्दैछ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा भूमिसम्बन्धी अध्यादेशबारे छलफल हुने बुझिएको छ। सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकका रुपमा संसदबाट स्वीकृत भएपनि  भूमिसम्बन्धि अध्यादेश ‘होल्ड’को अवस्थामा छ। 

यसअघि मंगलबार बसेको सत्तापक्षीय दलको बैठकमा विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो।