अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित


काठमाडौँ-प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो। 

सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले उठेर अवरोध सुरु गरेका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।  त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।