अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समसामयिक राजनीतिकबारे छलफल गर्न बालुवाटारमा सत्तापक्षीय बैठक

समसामयिक राजनीतिकबारे छलफल गर्न बालुवाटारमा सत्तापक्षीय बैठक


काठमाडौँ-सत्तापक्षीय दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको हो।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बैठक बाेलाउनु भएको हो।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्छ।

विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।