अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ

काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ


काठमाडौं-काभ्रेका जिल्ला समन्वय समिति  (जिसस) प्रमुख दीपक गौतम पक्राउ परेका छन्। गौतमलाई बैंकिङ कसुरको आरोपमा आज प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको हो।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए।

रकम भुक्तानी दिनुपर्ने व्यक्तिहरुलाई राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताको चेक काटेकाे तर नसाटिएपछि गौतमविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

गौतमलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको प्रहरीले जनाएको छ।