काठमाडौँ-प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आजै ३ बजे बस्ने भएको छ। विपक्षी दलले अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।
सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरेको सूचना जारी दिँदै बुधवार ३ बजे बस्ने जानकारी दिनुभयो।
बुधवार ११ बजे पछि सुरु भएको बैठकमा विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले अपमानपूर्वक हटाएको भन्दै त्यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान राखेका थिए। त्यसपछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको थियो।

प्रतिक्रिया