अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित


काठमाडौं-आज दोस्रोपटक दिउँसो ३ बजे बसेको प्रतिनिधिसभाको बैठक पनि विपक्षी दलको अवरोधपछि स्थगित भएको छ।

विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको २०८१ चैत १४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना सुनाउनु भयो।

 विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि बैठक स्थगित गरेका हुन्।

बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए।

बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए ।