अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाको कालिका केन्द्रविन्दू भएर भूकम्प

हुम्लाको कालिका केन्द्रविन्दू भएर भूकम्प


काठमाडौँ-हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि आजै साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।