अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसनको अध्यक्षमा डा. भेषराज थापा

प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसनको अध्यक्षमा डा. भेषराज थापा


काठमाडौं-नेकपा एमालेको जनसंगठनको रूपमा रहेको प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपाल (पिन)को अध्यक्षमा इञ्जिनियर डा. भेषराज थापा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। एसोसिएसन नेपालको १० औँ महाधिवेशनले अध्यक्षमा थापा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो।

महाधिवेशनबाट खुल्ला उपाध्यक्षमा देउकाजी गुरुङ निर्वाचित हुनुभएको छ। यसैगरी महिला उपाध्यक्षमा भने सौम्य भट्ट चुनिनु भएको छ।

त्यस्तै महासचिवमा राजन थापा, उपमहासचिवमा ध्रुव भट्टराई सर्वसम्मत हुनुभएको छ। सचिवहरूमा प्रदीप नेपाल, बलराम पौडेल, हरि बराल र स्वाभिमान आचार्य निर्वाचित हुनुभएको छ।

ललितपुरमा भएको महाधिवेशनको एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो। मंगलबार र बुधबार भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।