अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेस चौतारीको नेतृत्वलाई प्रधानमन्त्रीको निर्देशन : बैचारिक रुपमा स्पष्ट भएर पत्रकारिता गर्नुहोस

प्रेस चौतारीको नेतृत्वलाई प्रधानमन्त्रीको निर्देशन : बैचारिक रुपमा स्पष्ट भएर पत्रकारिता गर्नुहोस



काठमाडाै‌ -प्रधानमन्त्री केपी शर्मा ओलीले बैचारिक रुपमा स्पष्ट हुन र तथ्यका आधारमा बहस गर्न प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
विराटनगरमा अस्ती १० र ११ गते भएको १० औं राष्ट्रिय महाधिवेशनबाट विजयी पदाधिकारीलाई आफ्नो निवास बालुवाटारमा बधाइ दि‌दै नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका ओलीले व्यावशायीक पत्रकार हुनका लागि पनि बिचारमा स्पष्ट हुनु पर्ने बताउनुभयो । उहाँले ढुलमुले बिचारले पत्रकारिता पनि निश्चित गन्तव्यमा नपुग्ने प्रधानमन्त्रीको भनाइ छ ।
सामाजिक सञ्जालमा पार्टी तथा सरकारलाई तथ्यविना गरिएका टिप्पणीलाई सत्य के हो पत्ता लगाएर सोही अनुसार प्रतिवाद गर्न पनि उहाँल निर्देशन दिनुभएको छ । उहाँले संगठनलाई एकतावद्ध बनाएर अघि बढाउन,संगठनको सम्पर्कको दायरा बढाउन,पत्रकारका समस्या समाधान उपाय खोज्न पनि उहाँले नयाँ नेतृत्वलाई सुझाव दिनु भएको छ ।
प्रधानमन्त्रीसँगको भेटघाटमा चौतारीका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनको तयारी देखि सम्पन्न हुँदासम्मका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । पूर्व अध्यक्ष राजेन्द्र अर्यालले सर्वसम्मत नेतृत्व चयनका लागि गरिएका विभिन्न प्रयासहरुका बारेमा समेत जानकारी गराउनुभएको थियो । सो भेटघाटमा वरिष्ठ नेता विश्वमणी सुवेदी पनि सहभागी हुनुहुन्थ्यो ।