अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिपक्षीको अवरोधपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित

प्रतिपक्षीको अवरोधपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित


काठमाडौँ-प्रतिपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। आज (बिहीबार) बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

प्रमुख प्रतिपक्षी दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले आजै एक घण्टापछि पुनः बैठक बस्ने गरी स्थगित भएको सदनलाई जानकारी दिनुभयो।

प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गर्नुभयो ।