अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चैत ३० मा दमकमा एमालेको सभा, १ लाख जनता उतार्ने

चैत ३० मा दमकमा एमालेको सभा, १ लाख जनता उतार्ने


झापा-नेकपा एमालेले यही चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उत्रार्ने बताउनुभयो। आज दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताउनुभयो।

जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा उहाँले राख्नुभयो। नेता राईले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो। एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उहाँको दाबी छ।

नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको उनको आरोप छ। बृहत् जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ। जनसभामा नेकपा (एमाले)का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने छन्। जनसभा तयारीका लागि ईञ्चार्ज राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ।