काठमाडौं-नेकपा एम्माले निकट जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन आगामी २०८२ जेठ महिनामा हुने भएको छ। आज बसेको पदाधिकारी बैठकले आगामी जेठ संघको महाधिवेशन जेठ ९ देखि ११ गते पोखरामा गर्ने सो निर्णय गरिएको हो।
महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनेको छ। जसमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहनु भएको छ।
मूल व्यवस्थापन समिति ५ सय ५५ सदस्यीय हुने संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिनुभयो।
महाधिवेशनको लागि आवश्यकताका आधारमा अन्य उपसमितिहरू बनाइने छन्।
प्रतिक्रिया