अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन

काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरूको छुट्टाछुट्टै प्रदर्शन


काठमाडौं-आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएको छ भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्ने छन्।

समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो।

 प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई चुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग-भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ।

दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन्।

गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ ।