अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समाजवादी मोर्चाको विरोधसभामा दर्शक मात्रै बन्न जाँदिन: झलनाथ खनाल

समाजवादी मोर्चाको विरोधसभामा दर्शक मात्रै बन्न जाँदिन: झलनाथ खनाल


काठमाडौं-नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले आज काठमाडौंको भृकुटीमण्डपमा गर्ने विरोधसभा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने बताउनु भएको छ।

भृकुटीमण्डपमा गर्ने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले मात्रै सम्बोधन गर्नहुनेपछि सम्मानित नेता खनाल सहभागी नहुने बताउनु भएको हो। 

नेता खनालले आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नहुने बताउनु भयो।

‘प्रतिगनमन र यथास्थितिवादीविरूद्ध भएको प्रदर्शनमा मेरो समर्थन छ। तर म जुलुस र सभामा उपस्थित हुन सक्दिनँ,’ नेता खनालले भन्नुभयो, ‘सभामा चारवटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेछ। त्यसैले दर्शक मात्रै बन्न म जाँदिन।’

समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शन गर्न लागेका हुन्। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ।र्‍र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ।