अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तीनकुने तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

तीनकुने तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार


काठमाडौं-काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी प्रदर्शनकारीहरुले तिनकुनेतर्फबाट बानेश्वरतर्फ अघि बढेपछि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको गरेको छ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ।

अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् ।

प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।