काठमाडौं-राजावादी प्रदर्शनकारीहरुले काठमाडौँको तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा व्यापारिक भवनहरू तोडफोड गरेका छन्। उनीहरूले व्यापारिक भवनको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका छन् भने घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।
तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ। प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ।




प्रतिक्रिया