अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजावादीले कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड

राजावादीले कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड


काठमाडौं-राजावादी प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोडमा गरेका छन्।

राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ। तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड गरेका हुन् ।

सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ। आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन्। उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन्।