अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तीनकुने घटना गणतन्त्रलाई कमजोर पार्ने नियोजित षडयन्त्र : प्रेस चौतारी नेपाल

तीनकुने घटना गणतन्त्रलाई कमजोर पार्ने नियोजित षडयन्त्र : प्रेस चौतारी नेपाल


काठमाडौं – प्रेस चौतारी नेपालले राजावादी समुहका नाममा भएको आगजनीमा परी भएको मृत्यु र सञ्चारमँध्यमहरु माथी भएको आक्रमण लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने षडयन्त्र भएको बताएको छ । चौतारीले आज एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी शुरेस रजकको जलेर मृत्यु भएको घटनामा चौतारी स्तब्ध भएको जनाएको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीले हिंसात्मक ढंगले एक निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलाबाट समाचार छायांकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ। त्यस्तै, प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकमा आगजनी प्रयास, कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार तथा हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन्।
शान्तिपूर्ण प्रदर्शन नागरिक अधिकार भए तापनि आन्दोलनको नाममा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लक्षित गरी गरिएका यस्ता अराजक गतिविधिहरू गम्भीर चिन्ताको विषय हुन्। आज सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। साथै, घटनामा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
जनताको बलिदानी, संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई अस्थिर पार्ने यस्ता अराजक गतिविधिहरूलाई तत्काल निष्तेज गर्न सरकारलाई आग्रह गर्दै प्रेस चौतारी नेपालले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्न माग गर्दछ। संविधान प्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्दै कुनै पनि पत्रकारलाई समाचार संकलन, सम्प्रेषण तथा प्रकाशनमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई अपील गर्दछ विज्ञप्तिमा भनिएको छ ।
प्रेस चौतारी नेपालले काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु तथा सञ्चारमाध्यममाथि आक्रमणको घटनालाई गम्भीर रूपमा लिँदै कडा आपत्ति जनाएको छ। सम्बन्धित दोषीहरूलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न अपील गरिएको छ।