अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यु

तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यु


काठमाडौं-जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन कुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कफ्र्यु शनिबार बिहान ७ बजे हटाइएको हो।

शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तीनकुने क्षेत्रमा लागू भएको कर्फ्यु शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिनुभयो।

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसाेदेखि ७ बजेसम्मको लागि कफर्यु आदेश जारी गरिएको थियो ।

काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो ।

राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३ प्रहरी, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ घाइते भएका थिए । दुईजनाको मृत्यु भएको थियो । सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुगेको थियो । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।