अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजामाथि कारबाही हुनुपर्छ, अपराध गर्न कसैलाई छुट छैन: प्रधानमन्त्री ओली

पूर्वराजामाथि कारबाही हुनुपर्छ, अपराध गर्न कसैलाई छुट छैन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध गर्नेलाई कसैलाई छुट नहुने बताउनु भएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कानुनी कारबाही हुनुपर्ने बताउनु भएको हो।

१५ चैतमा काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका कारण भएको क्षतिलाई लिएर पूर्वराजाले उन्मुक्ति पाउन नहुने प्रधानमन्त्री ओलीले बताउनु भयो।

प्रधानमन्त्री ओली भन्नुभयो, ‘व्यवस्था मास्ने कुरा मैले यहाँ उठाएको छु। सबैले संविधान र व्यवस्था मान्नुपर्छ। हल्ला गरेको भरमा राजनीति हुँदैन। आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुन्न। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पाउनुहुन्न।’ 

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरिरहनु भएको छ।