अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रसेवक कर्मचारीको बहस गर्ने ठाउँ संसद् होइन: प्रधानमन्त्री ओली

राष्ट्रसेवक कर्मचारीको बहस गर्ने ठाउँ संसद् होइन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताउनु भएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताउनुभयो।

विपक्षी दलले कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि प्रधानमन्त्री ओली जवाफ दिंदै भन्नुभयो, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था यसै सदनले गरेको छ। कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने हटाउन सक्छ। यो अहिलेको सरकारले मात्रै गरेको होइन।’

प्रधानमन्त्री ओलीले अदालतमा भएको विषयमा थप बहस गर्न आवश्यक नभएको बताउनुभयो।