अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजाले लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नचाए: योगेश भट्टराई

पूर्वराजाले लफंगाहरूलाई कमाण्डर बनाएर तीनकुनेमा ताण्डव नचाए: योगेश भट्टराई


काठमाडौं-नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता तोडेका कारण उहाँलाई दिंदै आएको सेवा सुविधाबारे सोच्नुपर्ने बताएउनु भएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले उहाँलाई पूर्वराष्ट्राध्यक्षका रूपमा दिएको सेवासुविधा दिन नहुने बताउनुभयो।

सांसद भट्टराईले पूर्वराजाले २०८१ चैत १५ गते तीनकुनेमा ताण्डव नाच गर्न पठाएपछि सम्झौता भंग गरेको सांसद भट्टराईले बताउनुभयो।

सांसद भट्टराईले पूर्वराजाले २०८१ चैत १५ गते तीनकुनेमा ताण्डव नाच गर्न लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभयो। ‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो,’ सांसद भट्टराईले भन्नुभयो, ‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो। त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो। अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन। सोच्नुपर्छ।’