काठमाडौं-नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख र निर्वाचन कमिटीको मनोमानीका विरुद्ध जनप्रशासन क्याम्पसमा तालाबन्दी गरेको छ। अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले आफूसँग रहेको बहुमतको अनादर गरेको भनी क्याम्पस प्रमुख र निर्वाचन कमिटीको कार्यकक्षमा तालाबन्दी गरेको हो।
अनेरास्ववियुको माग छ, ‘स्ववियु निर्वाचन कमिटीले २१ सदस्यिय नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बोलाई स्ववियु उपाध्यक्ष र सहायक सचिवको निर्वाचन गराउन र सपथ ग्रहण गरी प्रमाणपत्र वितरण गर्न अनुरोध गरिएको छ।’
स्ववियु निर्वाचन कमिटीले मनपरी ढंगले नियम विपरीत स्ववियु उपाध्यक्ष र सहायक सचिव पद रिक्त राखी स्ववियु कार्यसमितिलाई सपथ ग्रहण गराउन खोजेपछि तालाबन्दी गर्न बाध्य भएको कमिटीका अध्यक्षले जानकारी दिनुभयो।
२०८१ चैत्र ५ को निर्वाचन पश्चात अनेरास्ववियुले बहुमत प्राप्त गरेको थियो। कार्यसमितीले चैत्र १५ गते समानुपातिक तर्फका सदस्य निर्वाचित भएको सूचना प्रकाशित गरेपछि अनेरास्ववियुले आफूसँग रहेका ११ सदस्यको बहुमतको हस्ताक्षरसहित चैत्र १७ गते निर्वाचन कमिटीलाई स्ववियु उपाध्यक्ष र सहायक सचिव टुंगाउन लिखित रुपमा निवेदन दिइएको र पटक पटक निर्वाचन प्रक्रिया अगाडी बडाउन आग्रह गर्दा पनि निर्वाचन कमिटीले नसुनेर, विद्यार्थीको मतलाई अनादर गरेर, अवहेलना गरेर पेलेर अगाडी बढ्न खोजेपछि तालाबन्दी गर्न बाध्य भएको जानकारी गराएको छ।




प्रतिक्रिया