अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो


काठमाडौं-सरकारले आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो। 

‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्, ‘ विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।’

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भइसकेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै हिजोदेखि सामुदायिक विद्यालयका कार्यरत शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।