अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने काममा एमालेका हरेक नेता-कार्यकर्ता जुटनुपर्छ: कार्यबाहक अध्यक्ष पोखरेल

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने काममा एमालेका हरेक नेता-कार्यकर्ता जुटनुपर्छ: कार्यबाहक अध्यक्ष पोखरेल


काठमाडौं-नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने काममा दत्तचित्त भएर लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ। प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाइ दिने क्रममा कार्यबहाक अध्यक्ष पोखरेलले यस्तो निर्देशन दिनुभएको हो।

‘नेकपा एमाले सवैभन्दा बलियो पार्टीको रुपमा स्थापित भएको छ तर निर्णायक राष्ट्रिय शक्ति बनाउन बाँकी छ। यही आवश्यकता महसुस गरी हामीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अठोट गरेका छौं,’ कार्यबहाक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘अब हरेक संगठन र पार्टीका नेता–कार्यकर्ताले यही लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ । प्रेस चौतारीदेखि सवै जनसंगठन र पार्टी संयन्त्र यही काममा दत्तचित्त भएर लाग्नुपर्छ।

उहाँले पार्टी विचार र सिद्धान्तको प्रवद्र्धनमा सशक्त र सक्रिय भूमिका खेल्न पनि निर्देशन दिनुभयो । कार्यबहाक अध्यक्ष पोखरेलले सञ्चार क्षेत्रको भूमिकालाई महत्वपूर्ण बताउँदै प्रेस चौतारीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन यसको विचार, नीति र कार्यक्रम जनस्तरसम्म पर्याउने अभियानमा अग्रसर हुनुपर्नेमा पनि जोड दिनुभयो।

उहाँले प्रेस चौतारीलाई डिजिटल माध्यम, सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यममार्फत पार्टीको सन्देश प्रभावकारी रूपमा फैलाउने जिम्मेवारीसमेत स्मरण गराउनुभयो । कार्यवाहक अध्यक्ष पोखरेलले पार्टीविरुद्ध फैलाइने भ्रम र गलत सूचना तत्काल खण्डन गर्दै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न पनि निर्देशन दिनुभयो ।

‘अहिले जे अफवाहको खेती भइरहेको छ, त्यसलाई नतोडिकन सत्य स्थापित गर्न सकिन्न । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई योजनावद्ध रुपमै आक्रमणको निसाना बनाइएको छ । नेकपा एमालेलाई आक्रमणको निसाना बनाइएको छ । हामीबिरुद्ध हुँदै नभएको आरोप लगाएर भ्रम सिर्जना गर्ने र चरित्र हत्यामा उत्रने जुन काम भइरहेको छ, त्यसलाई तथ्य, प्रमाण र तर्कको बलमा जवाफ दिने अभ्यास संस्थागत गर्न जरुरी छ । यो काम प्रेस चौतारीले गर्नसक्छ ।’

उहाँले प्रेस चौतारी एमालेको भरपर्दाे संगठन भएको भन्दै अव सत्यबाहेक सवैको मलजल गर्न छाडेर तथ्यका आधारमा सत्य स्थापित गर्ने एकसुत्रीय अभियानमा लाग्न पनि प्रेस चौतारीलाई सुझाव दिनुभयो ।

पत्रकारहरूको क्षमता विकासलाई आवश्यकतासँग जोड्दै कार्यबहाक अध्यक्ष पोखरेलले प्रेस चौतारीभित्र रहेका सञ्चारकर्मीहरूलाई तालिम, अन्तरक्रिया र संवादमार्फत अझ दक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले देशभर फैलिएको प्रेस चौतारी नेपालको सङ्गठनलाई थप सुदृढ बनाउँदै सञ्चारकर्मीहरूको हकहितका लागि पनि सङ्घर्षशील बन्नुपर्नेमा जोड दिनुभयो।
प्रेस चौतारीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्ने भूमिका निर्वाह गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नगर्दासम्म संभव छैन । त्यही सच्चाइ बुझेर तपाईहरू यस कामको नेतृत्व गर्नाेस।’

कार्यक्रममा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा एमाले पोलिटब्यूरो सदस्य खीमलाल भट्टराईको समेत उपस्थिति रहेको थियो ।