काठमाडौं-अर्घाखाँचीमा हिजोराति जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा गएराति करिब १२ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको हो।
मृत्यु हुनेमा जिप चालक मालारानी गाउँपालिका-४ का २२ वर्षीय दिलिप खनाल र सोही ठाउँका २१ वर्षीय बालकृष्ण रिजाल छन्।
यसैगरी उक्त घटनामा परी मरासिनीले मालरानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुनव पोखरेल घाइते भएका छन्।
मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
प्रतिक्रिया