काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिता भन्दा पनि मर्यादाको बाटो हिँड्नु पर्ने बताउनु भएको छ।
चैते दशैँको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मर्यादाको बाटोमा हिँडेको कारण राम मर्यादा पुरुषोत्तम कहिलिनु भएको बताउनुभयो।
रामलाई रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपरायणको आदर्श चरित्र मान्दै आएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ।
‘आज चैत्र शुक्ल नवमी, चैते दशैँ, अर्थात् रामनवमी, त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपरायणको आदर्श चरित्र मान्दै आएको छ, प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो, लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन्’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ।
प्रतिक्रिया