काठमाडौं-नेकपा (एमाले)सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ सिन्धुलीको पाँचौं जिल्ला अधिवेशन आज सकिएको छ।
अधिवेशनलाई गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मनोज जंग थापाले कलाकारहरुले पार्टीले लिएको विकास र समृद्धिको अभियानलाई सफल बनाउन भूमिका खेल्नु पर्ने बताउनुभयो।
उहाँले पार्टीलाई सांस्कृतिक रूपमा बलियो र जनस्तरमा लैजान महासंघ संबद्ध जनकलकारको भूमिका महत्तोपूर्ण हुने बताउँदै मिसन ८४ सफल पार्न सबैको सकारात्मक भूमिका जरुरी भएको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई संम्बोधन गर्दै नेकपा एमालेका सचिव नवराज थिङले पार्टीलाई सुसंस्कृत ढंगले सञ्चालन गर्न दिशा निर्देश गर्न आग्रह गर्नुभयो। नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य विनोद खड्काले विगतमा जन सांस्कृतिक महासंघले खेलेको भूमिका फेरि निर्वाह गर्ने बेला भएको बताउनुभयो। कार्यक्रम कलाकार उमा विकले जनवादी गीत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा केन्द्रिय सदस्य उमा कोइराला, गणेश पहाडी लगायतले सम्बोधन गर्नुभएको थियो। अधिवेशनले हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। जसको उपाध्यक्षमा उमा विक, सचिवमा एन्जिला श्रेष्ठ र कोषध्यक्षमा रेजिना श्रेष्ठ रहनु भएको छ।
प्रतिक्रिया