रामेछाप-नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मार्क्सवादीले हरेक कुरामा द्वन्द्व हुन्छ भन्ने कुरा बिर्सन नहुने बताउनुभएकाे छ।
आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले जहाँ जहिले जुनसुकै कुरामा सकारात्मक र नकारात्मक कुरा हुने बताउनुभयाे। ‘कम्युनिष्ट सबैभन्दा पहिला द्वन्द्ववादी हुनुपर्छ, मन पर्दा सबै कुरा ठिक, मन नपर्दा सबै बेठिक भन्ने कुरा गलत हो’, उहाँले भन्नुभयाे।
देशमा लोकतन्त्र आएपछि केही पनि भएन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको उपाध्यक्ष ज्ञवालीले बताएउनुभयाे। ‘तपाईँ हामी लडेर केही पनि भएन त ? तर जति हुनु पर्ने त्यति भएन, धेरै भएको छ, तर पुगेको छैन’, उहाँले भन्नुभयाे।
अहिलेको असन्तुष्टिलाई नयाँ परिवर्तनको लागि भएको असन्तुष्टिको रूपमा लिनु पर्ने उहाँले बताउनुभयाे। विवाद जहाँ पनि हुने बताउँदै उनले विवाद हुँदैमा जोगी हुन वा जङ्गल पस्न नसकिने उनले स्पष्ट पार्नुभयाे।
सधैँ, विरोध र आलोचना गरेर अघि बढ्न नसकिने उहाँले स्पष्ट पार्नुभयाे। ‘बेठिक कुराको आलोचना गर्नुपर्छ, ठिक गरेको कुराको सम्मान गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।
टुटफुट र विभाजनबाट एक भएर अघि बढ्न र असहमतिका कुरामा छलफल गरेर सही बाटोमा अघि बढ्नु पर्ने उहाँको धारणा छ । गलत कुरालाई निषेध र राम्रो कुरालाई अघि बढाउँदै जानु पर्ने उहाँले बताउनुभयाे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदानका बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरी टिप्पणी समेत गरिएको थियो ।
प्रतिक्रिया